कर्णाली प्रतिष्ठानसँग सहमति, मृतक योगीको शव आफन्तले बुझे
मुगु । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र मृतक डिकेशनाथ योगीका आफन्तबीच सहमति भएपछि मंगलबार योगीको शव अन्त्येष्टिका लागि आफन्तले बुझेका छन्।
उपचारमा लापरबाहीका कारण डिकेशनाथ योगीको मृत्यु भएको भन्दै आफन्तले विरोध जनाउँदै शव बुझ्न अस्वीकार गरेका थिए।
तर, सोमबार भएको सहमति अनुसार मंगलबार शव बुझेर अन्त्येष्टि गर्ने सहमति भएको मृतकका आफन्त बद्रिनाथ योगीले जानकारी दिए।
यसैबीच, घटनाबारे छानबिन गर्न गठित समिति सक्रिय रहेको छ। समितिले प्रतिष्ठानभित्रका बेथिति र अनियमितताबारे अध्ययन गरी आवश्यक कारबाहीका लागि सिफारिस गर्ने जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment