कोशी प्रदेशका रमणीय स्थलहरु (फोटो फिचर)

डिसी नेपाल
४ भदौ २०८२ १२:१३
40
Shares

संचारकर्मी सुजन तिम्सिना पर्यटकीय गन्तब्यहरुको फोटोग्राफी गर्न रुची राख्छन् । उनले कोशी प्रदेशका केही रमणीय स्थलहरुको फोटो आफ्नो क्यामेरामा कैद गरेका छन् ।

इलामको सन्दकपुर गाउँपालिकामा १ र ३ मा अवस्थित विश्व रामसार सुचिमा सुचिकृत माईपोखरी । पूर्वी पहाडको प्रथम रामसार क्षेत्र माईपोखरी हिन्दु, किराँत र बौद्ध धर्मालम्वीहरुको त्रि-धार्मिकस्थल पनि हो ।

रेडपाण्डा पदमार्गमा पर्ने इलामको पर्यटकीय क्षेत्र छिन्टापु । हिमश्रङ्खला,जैविक विविधता र सीमसार क्षेत्रको अध्ययन गर्न सकिने यहाँ भारतीय पर्यटकहरुको आकर्षण बढेको छ ।

तेह्रथुमको लालिगुराँस नगरपालिकाको बसन्तपुरमा अवस्थित चोत्लुङ्ग पार्क । चोत्लुङ्ग पार्क सन् २०२५ मा घुम्नैपर्ने पर्यटकीयस्थलको ४२ स्थानमा रहेको छ ।  इलामको सन्दकपुर गाउँपालिका ५ मा अवस्थित ढापपोखरी । मानवनिर्मित ढापपोखरी आन्तरिक र बाह्य पर्यटकहरुको आकर्षक गन्तव्य भएको छ ।

इलामको सन्दकपुर ३ मा अवस्थित मनमोहक टारी क्षेत्र । इलामको शीर सम्म फैलिएको यस गाउँपालिका होचो भु-भागमा पर्ने टारी क्षेत्र अहिले पर्यटकीय गन्तव्य बनेको छ । इलामको सबैभन्दा अग्लो टोड्के झरना । जसको उचाई ८१ मिटर रहेको छ ।  ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना । यो झरनाको उचाई १ सय ८० मिटर रहेको छ ।

 

default

 

 

 

 

default
default
default

default

 

 

default

 

 

default
default



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.