पुटिनसँग शिखर सम्मेलनभन्दा पहिला सुरक्षाको सुनिश्चिततामा हुनुपर्छः जेलेन्स्की

डिसी नेपाल
५ भदौ २०८२ २०:०६
132
Shares

कीभ। युद्ध रोकिएपछि भविष्यमा हुने रुसी आक्रमण रोक्नका लागि युक्रेनका लागि सुरक्षा प्रत्याभूति युक्रेनको पहिलो शर्त भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन्।

रुसी समकक्षी भ्लादिमिर पुटिनसँग आफूले भेट गर्न सक्ने तर यसका लागि युक्रेनको सुरक्षा सुनिश्चितता हुनुपर्ने राष्ट्रपति जेलेन्स्कीले बताएका हुन्।

बिहीबार जारी गरिएको टिप्पणीमा उनले दुवै पक्ष थप लडाइँको तयारीमा रहेको चेतावनी समेत दिएका छन्। रुसले दक्षिणी सीमा लाइनमा सैनिक तैनाथ गरिरहेको र युक्रेनले लामो दूरीको नयाँ क्रुज क्षेप्यास्त्रको परीक्षण गरिरहेको उनले बताए।

युक्रेनले ‘दीर्घकालीन’ शान्तिका लागि चासो नदेखाएको भन्दै किएभले मस्कोको मागसँग पूर्णतया मेल नखाने सुरक्षा प्रत्याभूति खोजेको आरोप लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जेलेन्स्की र पुटिनसँग वार्ता गरेर युक्रेनमा रुसको साढे तीन वर्षको आक्रमण अन्त्य गर्ने प्रयास गरिरहेका छन्।

शान्ति सम्झौताका लागि खासै ठोस प्रगति नभएपछि उनले रुसी नेतालाई एक्ल्याउने वर्षौँदेखिको पश्चिमा नीतिलाई अघि बढाउनसक्ने देखिएको छ। ‘हामी सातदेखि १० दिनभित्र सुरक्षा सुनिश्चितता योजनाबारे बुझ्न चाहन्छौं,’ जेलेन्स्कीले बिहीबार पत्रकारसँगको कुराकानीमा भने।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.