यमनको राजधानी सानामा इजरायलको आक्रमण
काठमाडौं । इजरायली सेनाले हुथी विद्रोहीहरूले गरेको क्षेप्यास्त्र र ड्रोन आक्रमणको जवाफमा यमनका धेरै हुथी अड्डाहरूमा हवाई आक्रमण गरेको बताएको छ।
इजरायली रक्षा बलले एक्समा पोस्ट गर्रेअनुसार उनीहरूले यमनको राजधानी सानामा आक्रमणको योजना बनाइरहेका थिए।
इजरायली सेनाले सानामा हुथी विद्रोहीहरूले प्रयोग गरिरहेका स्थानहरूलाई निशाना बनाएको बताएको छ।
यी अड्डाहरूमा राष्ट्रपति भवन रहेको सैन्य क्षेत्र, धेरै पावर प्लान्टहरू र इन्धन भण्डारण सुविधा समावेश छन्।
इजरायली सेनाले इरान समर्थित हुथी विद्रोहीहरूले आफ्नो “आतंकवादी” गतिविधिका लागि नागरिक पूर्वाधार प्रयोग गरिरहेको बताएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment