भोलिदेखि भारतमाथि २५ प्रतिशत अतिरिक्त कर लागू हुने, अमेरिकाले जारी गर्यो सूचना
काठमाडौं । अमेरिकाले अगस्ट २७, बुधबारदेखि भारतीय आयातमा थप २५ प्रतिशत भन्सार कर लगाउनेछ। राष्ट्रपति डोनाल्ड ट्रम्पको नयाँ कार्यकारी आदेश अन्तर्गत यो कदम चालिएको हो।
अमेरिकाले भारतले रुसबाट तेल खरिद गरिरहनु राष्ट्रिय सुरक्षाको लागि चिन्ताको विषय भएको बताएको छ।
अमेरिकी गृह सुरक्षा विभागले भन्सार तथा सीमा सुरक्षा मार्फत सार्वजनिक सूचना जारी गर्दै नयाँ कर घोषणा गरेको छ।
ट्रम्पको यो कदमको उद्देश्य रुससँग अझै पनि व्यापार सम्बन्ध कायम राख्ने देशहरूमाथि दबाब बढाउनु हो।
अगस्टमा नै ट्रम्पले भारतीय आयातमा कुल भन्सार दर दोब्बर गरेर ५० प्रतिशत पुर्याए।
त्यसको लगत्तै, भारतीय विदेश मन्त्रालयले प्रतिक्रिया दिँदै भन्यो, “यो कार्य अनुपयुक्त, अनावश्यक र तर्कहीन छ।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment