‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छनौट

डिसी नेपाल
१० भदौ २०८२ १४:२०
12
Shares

काठमाडौं। ‘गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो’का लागि २८ प्रतियोगी छानिएका छन्। राजधानीमा आयोजित छनौट चरणको अडिसनबाट यी प्रतियोगी फाइनलका लागि छानिएका हुन्।

अडिसन चरणमा ९० बढी ब्यक्तिले गायन, नृत्य, अभिनयलगायत थुप्रै बिधामा आफुमा रहेको प्रतिभा प्रदर्शन गरेका थिए। ति मध्यबाट गायन, नृत्य, अभिनय लगायत बिधा समेट्दै २८ प्रतियोगी छानिएका हुन्।

नेपाली बालबालिका र युवाहरूले आफ्नो कला, सिर्जनशीलता र प्रतिभा विश्वसामु गर्वका साथ प्रस्तुत गर्नसक्ने बनाउन प्रतियोगीता आयोजना गरिएको प्रतियोगीताको इभेन्ट डाइरेक्टर रमेश जंग शाहीले बताए।

प्रतियोगीताले नेपाललाई अन्तर्राष्ट्रिय प्रतिभा र फेशनको क्षेत्रमा मात्र होइन, विश्वस्तरमा नेपाली युवाहरूलाई चम्किन सक्ने अवसरको ढोका समेत खोल्ने उनको विश्वास रहेको छ।

प्रतियोगीतामा छानिएको प्रतियोगीतामा गोकुल पोखरेल, राजन बराइली, परिष्णा क्षेत्री, प्रमिशा तामाङ, पुष्पाञ्जली भट्टराई, मनोग्य शर्मा, रुकेश गिरी, आशु ढकाल, प्रियांशु न्यौपाने, प्रीति परियार, नम्रता मैनाली, समीप न्यौपाने, विज-इ-वन, अर्पणा घतानि, सोफिया विष्ट, सुस्मिता नेपाली, विवेक दनुवार, नमुना शाही, रितु सुनार, आँचल तामाङ, रोबिया आचार्य, श्रेया रौनियार, कल्पना महतो, अर्नव लकन्दरी, कुसुम भण्डारी, अल्विन खनाल, रुथ देवी र आयुष घिमिरे रहेका छन्।

प्रतियोगीताका विजेताले आगामी अक्टोबर ३० देखि नोभेम्बर ४ सम्म टर्कीको एन्टाल्यामा आयोजना हुने प्रतिष्ठित प्रतियोगिता र फेशन वीकको सातौँ संस्करणमा नेपालको आधिकारी प्रतिनिधित्व गर्नेछन्। प्रतियोगीताको कोरियोग्राफर रोजिन शाक्य र नेशनल डाइरेक्टर श्रीमती प्रमिला सिलवाल रहेका छन्।

गोल्डेन स्टार किड्स एण्ड युथ ट्यालेन्ट शो विश्वभरका बालबालिका र युवाहरूलाई एकै मञ्चमा ल्याउने प्रतिष्ठित अन्तर्राष्ट्रिय कार्यक्रम हो। जसले गायन, नृत्य, अभिनय, मोडलिङ्देखि वाद्यवादनसम्मका प्रतिभाहरूलाई प्रस्तुत गर्ने अवसर दिने गरेको छ।

प्रतियोगीताका विजेता जिनो पे मार्फत हुने सार्वजनिक मतदान र निर्णायकहरुको मूल्याङ्कको आधारमा हुनेछ। प्रतियोगीताको विजेता छनौट चरण आगामी १४ गते आयोजना हुने पहिलो राष्ट्रिय ट्यालेन्ट शोबाट हुनेछ। जसले नेपाली प्रतिभाहरूलाई विश्वका प्रतिष्ठित मञ्चहरूमध्ये एकमा अभूतपूर्व उपस्थितिको सुरुवात गराउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *