त्रिपुरेश्वर महादेव मन्दिरमा चहलपहल न्यून

डिसी नेपाल
१० भदौ २०८२ १५:०१
32
Shares

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर महादेव मन्दिरमा मंगलबार (आज) भक्तजनको चहलपहल खासै देखिएको छैन।

मंगलबार तीजको अवसरमा हरेक महादेव मन्दिरमा भक्तजनहरुको भीड लागेपनि त्रिपुरेश्वर महादेव मन्दिर भने सुनसान छ।

त्रिपुरेश्वर महादेव मन्दिर काठमाडौँको सबैभन्दा ठूला ऐतिहासिक मन्दिरहरू मध्ये एक हो भएपनि आजको दिन यो मन्दिरमा भीड नहुनु आश्चर्यको कुरा हो।

यो मन्दिर रानी ललित त्रिपुरा सुन्दरी देवीको आदेशमा उनको मृत पति, राजा रणबहादुर शाहको सम्झनामा निर्माण गरिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *