गोरखापत्र जलाउन खोज्दा काठमाडौंमा एक युवा पक्राउ

डिसी नेपाल
१० भदौ २०८२ १५:३९
128
Shares

काठमाडौं। मंगलबार गोरखापत्र दैनिकमा तीजबारे छापिएको एक समाचारका कारण सनातन धर्ममाथि प्रहार भएको भन्दै पत्रिका जलाउन खोज्ने एक युवा पक्राउ परेका छन्।

‘निराहार व्रतले स्वास्थ्यमा प्रतिकूल असर’ शिर्षकमा गोरखापत्रमा समाचार प्रकाशित भएपछि पत्रिका जलाउन खोज्दा आफूलाई राजावादी बताउने सन्तोष राजावादीलाई प्रहरीले पक्राउ गरेको हो।

मंगलबार माइतीघर मण्डलामा उनले गोरखापत्रले तीजबारे लेखेको समाचारले सनातन धर्ममाथि प्रहार गरेको र यस्तो समाचारले नकारात्मक सन्देश दिएको गोरखापत्र जलाउन खोजेका थिए।
उक्त समाचारमा निराहार वर्तले महिलाहरुको स्वास्थ्यमा प्रतिकूल असर पर्ने विषयवस्तुलाई जोड दिएको थियो।

सोही क्रममा सन्तोष राजावादीले धर्म, संस्कृती जोगाउन पाउनु आफ्नो अधिकारको कुरा भएको भन्दै धर्ममाथि आँच आउने कुराको विरोध गरेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *