अन्तरिक्षमा भारतको ठूलो असफलता, विक्रम ल्याण्डरसँग सम्पर्क टुट्यो

डिसी नेपाल
२१ भदौ २०७६ ६:०६

एजेन्सी । चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको छ । चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।

विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए भारत चन्द्रमामा अवतरण गराउन सक्ने चौथो राष्ट्र बन्ने थियो । यसअघि चन्द्रमामा रुस, अमेरिका र चीनले मात्रै अवतरण गराउन सकेको इतिहास छ । इजरायलले पनि त्यो प्रयत्न गरेको थियो तर उसको त्यो प्रयास असफलतामा टुंगिएको थियो।

त्यति मात्र हैन, चन्द्रमाको दक्षिणी ध्रुवमा सफलतापूर्वक विक्रम ल्याण्डरलाई अवतरण गराएर भारतले अन्तरिक्ष विज्ञानको इतिहासमै नयाँ अध्याय पनि रच्ने थियो । चन्द्रमाको दक्षिणी ध्रुवमा यसरी अवतरण गराउन सफल पहिलो राष्ट्र भारत बन्ने थियो।

सबै कुरा योजना अनुसार भएको भए विक्रम ल्याण्डरबाट प्रज्ञान रोभर बिहानको ५ः३० बजेतिर निस्केर चन्द्रमामा अनुसन्धानको काम थाल्ने योजना थियो । सबैभन्दा पहिले विक्रम र प्रज्ञानले एकअर्काको फोटो खिच्ने योजना थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *