सुनको मूल्य हालसम्मकै उच्च

डिसी नेपाल
११ भदौ २०८२ १०:५२
536
Shares

काठमाडौं। नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले हालसम्मकै उच्च रेकर्ड कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर उच्च रेकर्ड कायम गरेको हो।

मंगलबार प्रतितोला १ लाख ९८ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ९९ हजार रुपैयाँमा कारोवार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। मंगलबार २३ सय ६० रुपैयाँमा कारोवार भएको चाँदी आज प्रतितोला १५ रुपैयाँ घटेर २३ सय ४५ रुपैयाँमा कारोबार भैइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.