चन्द्रयान–२ को असफलतापछि मोदीले के भने ?

डिसी नेपाल
२१ भदौ २०७६ ७:१४

एजेन्सी । चन्द्रयान–२ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा सम्पर्क टुटेको छ । चन्द्र धरातलबाट २.१ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको हो।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धिको हौसला बढाउनका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बेंग्लोरमा रहेको इसरोको मुख्यालय पुगेका थिए । सबै सामान्य भएकाले वैज्ञानिकहरु उत्साहित देखिन्थे तर अचानक विक्रम ल्याण्डरसँग सम्पर्क विच्छेद भएपछि भने उनीहरु निरास भएका थिए।

विक्रम ल्याण्डरसँगको सम्पर्क टुटेपछि प्रधानमन्त्री मोदीले वैज्ञानिकहरुलाई हौसला दिँदै भने, ‘जीवनमा उतार–चढाव आइरहन्छ । मैले कम्युनिकेसन अफ भैरहेको देखेको थिएँ । तर यो पनि सानो उपलब्धि होइन, देश तपाईँहरुप्रति गर्व गर्दछ । तपाईँहरुको मेहनतले धेरै कुरा सिकाएको पनि छ । मेरो तर्फबाट तपाईँ सबैलाई धेरै बधाई छ । तपाईँहरुले देश र विज्ञानको सेवा गर्दै हुनुहुन्छ । म पूर्ण रुपमा तपाईँहरुको साथमा छु ।’

भारतीय वैज्ञानिकका लागि आजको दिन अन्तरिक्षको अनुसन्धानका लागि एउटा कोशेढुंगा सावित हुँदै थियो । पूरा विश्वको ध्यान चन्द्रयान–२ मा थियो । बिहान साढे एक बजे चन्द्रयान–२ को विक्रम ल्याण्डर बिस्तारै चन्द्रमाको सतहमा उत्रँदै थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *