किरण मानन्धरको ‘आत्मा’ प्रदर्शनी

डिसी नेपाल
२१ भदौ २०७६ ७:५२

ललितपुर । कलाकार किरण मानन्धरको ‘आत्मा’ शीर्षकको एकल चित्रकला प्रदर्शनी झम्सिखेलको अगेनो रिसोर्टमा शुक्रबारदेखि शुरु भएको छ। कागज, फूलपाती, कपडालगायत अन्य कच्चा सामग्री प्रयोग गरी निर्माण गरिएको सो प्रदर्शनीमा राखिएका चित्रको मूल्य रु एक लाखदेखि पाँच लाखसम्म रहेको छ।

“चित्रबाट आत्मा र परमात्मा दुवैको महत्व बुझ्न सकिन्छ”, मानन्धरले भने, “अमेरिका, अफ्रिकालगायत विदेशी मुलुकमा बढी चर्चा कमाएको ती चित्रले नेपालमा पनि यसको अर्थ र भाव बुझाउन सफल हुँदै गएको छ।” यस्ता प्रदर्शनीले चित्रकाला बुझ्ने खुबीको विकास गराउने उनको भनाइ थियो।

प्रदर्शनीमा उपस्थित उद्योगपति विनोद चौधरीले चित्रमा माता लक्ष्मी र सरस्वतीको बास हुने भएकाले यसको भाव बुझेर अवलोकन गर्न सबैलाई आग्रह गरे। चिकित्सक भगवान कोइरालाले प्रदर्शनीमा राखिएका चित्रले सो क्षेत्रमा लाग्ने जुनसुकै व्यक्तिको मनोबल बढाउन सहयोग पुग्ने बताए । प्रदर्शनी दुई हप्ता चल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *