पाकिस्तानविरुद्धको खेलमा नेपालको सर्मथन गर्न पुगे ६ वर्षीय स्वर्णिम

डिसी नेपाल
१२ भदौ २०८२ १२:५५
300
Shares

काठमाडौं । ६ वर्षका स्वर्णिम भुषाल अहिले अष्ट्रेलियाको डार्बिनमा परिवारसँग बस्छन्। नेपालको पर्वतका स्थायी बासिन्दा स्वर्णिम अहिले चर्चामा छन्।

उनी चर्चामा आउनुको खास कारण हो उनले नेपाली राष्ट्रिष्य क्रिकेट टोलीको पोषाक लगाएर अष्ट्रेलियामा नै नेपाली राष्ट्रिय क्रिकेट टिमलाई सर्मथन गर्दै क्रिकेट हेरिरहेको दृश्य क्यानले आफ्नो अफिसियल पेजमा पोष्ट गर्नु। जब क्यानले ६ वर्षका स्वर्णिमको एउटा तस्विर आफ्नो पेजमा पोष्ट गर्‍यो स्वर्णिम भारतीय र पाकिस्तानी मिडियामा छाए।

नेपालको राष्ट्रिय क्रिकेट टिम र पाकिस्तान एसँगको हालै सम्पन्न टप इण्ड टि ट्वान्टी सिरिज खेलमा स्वर्णिम परिवारसँग उक्त खेल हेर्न डार्बिनको डिक्सी एरिना नामक स्टेडियममा पुगेका थिए। ६ वर्षको बालकमा देखिएको क्रिकेट र देशप्रेम निकै लोभलाग्दो भएको भन्दै भारतीय मिडियाहरुले समाचारमा उल्लेख गरेका छन्।

क्यानले स्वर्णिमसहित नेपाली राष्ट्रिष्य क्रिकेट टोलीलाई स्वागत गर्न मैदानमा पुगेको दृश्य पनि आफ्नो पेजबाट सेयर गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.