ओपनएआईमाथि आत्महत्या गर्न उक्साएको आरोप, अभिभावक अदालत पुगे

डिसी नेपाल
१२ भदौ २०८२ १४:१२
64
Shares

काठमाडौं । क्यालिफोर्नियाका एक दम्पतीले आफ्नो किशोर छोराको मृत्युको कारक भएको आरोपमा ओपनएआई विरुद्ध मुद्दा दायर गरिरहेका छन्।

उनीहरूले कम्पनीको च्याटबट च्याटजीपीटीले आफ्नो छोरालाई आत्महत्या गर्न उक्साएको आरोप लगाएका छन्।

म्याट र मारिया रेनका १६ वर्षीय छोरा एडम रेनको अप्रिलमा मृत्यु भयो। ओपनएआई विरुद्ध ‘अप्राकृतिक मृत्यु’ को यो पहिलो मुद्दा हो।

परिवारले अदालतमा च्याट लगहरू पनि पेश गरेका छन जसमा एडम रेन्सले च्याटजीपीटीमा आत्महत्याको बारेमा आफ्नो विचार साझा गरेका थिए।

अभिभावकहरूको आरोपअनुसार च्याटबटले उनको “सबैभन्दा हानिकारक र आत्महत्या गर्ने विचारहरू” लाई जायज ठहराएको र प्रोत्साहन गरेको थियो।

ओपनएआईले बीबीसीलाई कम्पनीले यस विषयमा समीक्षा गरिरहेको बताएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *