दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण

डिसी नेपाल
१२ भदौ २०८२ १४:५९
44
Shares

काठमाडौं । नेपालका अनुभवी पर्वतारोही दारिन्जी शेर्पाले किर्गिस्तानको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरोको दुई पटक सफल आरोहण गरेका छन्।

मध्य एसियाको प्रतिष्ठित ट्रान्स अले दायरा क्षेत्रको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरोको दुई पटक सफल आरोहण गर्न सफल भएका हुन्। शेर्पाले यो हिमाल ७ अगस्ट र २६ अगस्टका दिन गरी दुई पटक सफल आरोहण गरेका हुन्।

‘मैले ७ अगस्ट र २६ अगस्ट गरेर दुई पटक लेनिन चुचुरोको सफल आरोहण गर्न पाएँ,’ शेर्पाले भने, ‘मेरो पर्वतारोहण यात्रामा निकै रोमाञ्चक र चुनौतीपूर्ण अनुभव रह्यो।’

लेनिन चुचुरो, जसलाई Ibn Sina Peak भनेर पनि चिनिन्छ, समुद्री सतहबाट ७ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छ।

किर्गिस्तान र ताजिकिस्तानको सिमानामा रहेको ट्रान्स अले पर्वत श्रृंखलाको सबैभन्दा अग्लो शिखर हो। यो हिमालको पहिलो सफल आरोहण सन् १९२८ मा भएको थियो, र त्यसयता यो विश्वभरका पर्वतारोहण प्रेमीहरूबीच लोकप्रिय गन्तव्य बन्न पुगेको छ।

दारिन्जी शेर्पाको यो उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान सशक्त बनाएको छ। लेनिन चुचुरो प्राविधिक रूपमा अत्यन्तै कठिन पर्वत नमानिए पनि, यसको उच्च उचाइ, अप्रत्याशित मौसम र लामो आरोहण मार्गका कारण चुनौतीपूर्ण मानिन्छ।

शेर्पाको सफलता नेपाली पर्वतारोहण समुदायका लागि प्रेरणादायक बन्न पुगेको छ। यसैगरी दारिन्जीसँग पाँच पटक सगरमाथा आरोहण गरेको अनुभव समेत छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.