ड्युटीमा जाने बेला बेहोस भई ढलेका प्रहरी सहायक निरीक्षकको निधन

डिसी नेपाल
१३ भदौ २०८२ १६:१३
204
Shares

ताप्लेजुङ। यहाँस्थित जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) इन्द्र भुजेलको निधन भएको छ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) वेदप्रसाद गौतमका अनुसार आज बिहान करिब ६ बजे ड्युटीका लागि निस्कने क्रममा भुजेल बेहोस भई ढलेका थिए। उनलाई तुरुन्तै जिल्ला अस्पताल लगिएकामा उपचारकै क्रममा निधन भएको डिएसपी गौतमले जानकारी दिए।

४५ वर्षीय भुजेललाई हृदयघात भएको हुन सक्ने अनुमान गरिएको छ। उनको स्थायी घर झापाको धुलाबारी रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.