रास्वपा केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा गर्न आदेश

डिसी नेपाल
१३ भदौ २०८२ १६:४०
80
Shares

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य अरनिको पाँडेलाई २० हजार धरौटीमा रिहा हुने भएका छन्।

साइबर अपराधको आरोपमा पक्राउ परेका पाँडेलाई काठमाडौं जिल्ला अदालतले २० हजार धरौटीमा रिहा गर्न आदेश दिएको हो। शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको एकल इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

एक महिलालाई सामाजिक सञ्जालमार्फत गालीगलौज गरेको उजुरी परेपछि उनी गत बुधबार पक्राउ परेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *