महालक्ष्मीको १६ दिने व्रतारम्भ आजदेखि

डिसी नेपाल
१४ भदौ २०८२ ८:४६
32
Shares

काठमाडौं। भाद्र शुक्ल सप्तमीदेखि १६ दिनसम्मको महालक्ष्मीको व्रतारम्भ हुँदैछ।

यी १६ दिनमा निष्ठापूर्वक लक्ष्मीमाताको उपासना गर्ने उपासकले धन र समृद्धि प्राप्त गर्ने मान्यता रहेको हुनाले देवी महालक्ष्मीलाई प्रसन्न गराउने अवसरका रुपमा पनि यस पर्वलाई लिन सकिन्छ।

आजदेखि १६ दिन अर्थात् आश्विन कृष्ण सप्तमीसम्म विधिपूर्वक यो व्रत गरिन्छ। यस वर्ष असोज १९ गते शुक्रबारसम्म यो व्रत गरिन्छ। यो व्रतका क्रममा ब्रह्मचार्यमा रहनुपर्ने, भूमिमा सुतेर व्रत पूरा गर्नुपर्ने नियम छ।

दुध, चन्दन र दुग्धजन्य पदार्थहरुले लक्ष्मीमाताको पूजन गरिन्छ, कमलको दाना भएको माला जप्दै लक्ष्मीमाताको अर्चना गरिन्छ भने यस १६ दिनका क्रममा सात मुखे रुद्राक्ष लगाउनु अत्यन्त फलदायी मानिन्छ। यो व्रतका प्रभावले मृत्युपछि पनि दिव्यधाम प्राप्त हुने, अलक्ष्मी नाश हुने पनि मान्यता रहि आएको छ।

समुन्द्र मन्थनका क्रममा क्षीर सागरमा उत्पन्न लक्ष्मी देवीको शुभबिवाह भगवान विष्णुसंग भएको हो। कमलको फूलमा आसन्न रहेकी देवी लक्ष्मीको हत्केलाबाट हरेकवखत धातुका सिक्काहरु खस्दछन्, यि बिम्बलाई केलाएर हेर्ने हो भने लक्ष्मी धनकी देवी कोमल मन अनि सहज उपस्थितीकी प्रतिमा हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.