कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

डिसी नेपाल
१४ भदौ २०८२ ८:४९
292
Shares

चितवन। कार अनियन्त्रित भई रुखमा ठोक्किँदा एक जना डाक्टरको मृत्यु भएको छ। मृत्यु हुनेमा कार चालक डा विप्लव भट्ट रहेका छन्।

आज बिहान १ः३० बजे भरतपुर महनानगरपालिका-१० रमाइलो चोकबाट विशालचोकतर्फ जाँदै गरेको बा१५च ४६९३ नम्बरको कार आफैँ अनियन्त्रित भई रुखमा ठोक्किएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार कार रुखमा ठोक्किँदा भरतपुर महानगरपालिका-२ बस्ने कार चालक भट्ट घाइते भएका थिए। घाइते भट्टको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज बिहान मृत्यु भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.