कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमान सिंहलाई

डिसी नेपाल
१४ भदौ २०८२ ९:०२
68
Shares

काठमाडौं। कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई दिइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओली पाँच दिने चीन भ्रमणका लागि प्रस्थान गरेकोपछि सिंहलाई कार्यवाहकको जिम्मेवारी दिइएको हो। सिंह ओली नेतृत्वकाे सरकारमा दाेस्राे वरियतामा छन्।

राष्ट्रपति कार्यालयले सूचना जारी गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री ओलीको सिफारिसमा सिंहलाई कार्यवाहक प्रधानमन्त्री तोकेको हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *