चीनमा साहसिक र रोमान्चक खेल पर्यटनमा आकर्षण

डिसी नेपाल
१४ भदौ २०८२ १३:१७
24
Shares

एजेन्सी । चीनमा साहसिक एवम मनोरन्जनतात्मक खेलकुदले बिदा मनाउनेहरूलाई आकर्षित गरेको छ।

‘पूर्वी चीनको हरियो मोती’ भनेर स्थानीय रूपमा परिचित, दाजुए माउन्टेन सिनिक क्षेत्रमा यस वर्ष बिदा मनाउनेहरूको ठूलो भीड देखिएको छ।

२०४ वर्ग किलोमिटर क्षेत्रले पदयात्रा र रोमान्चक गतिविधिहरू हुने गर्छन्। ९० मिनेटको रोमाञ्चक राफ्टिङ यात्राले धेरैको ध्यान खिचेको छ।

यस वर्ष दाजुए पर्वतमा पर्यटकहरूको संख्या गत वर्षको तुलनामा लगभग ३५ प्रतिशतले बढी देखाएको छ। जसमा ¥याफ्टिङबाट प्राप्त हुने राजस्व कुलको लगभग ६५ प्रतिशत हो।

यसैबीच, दक्षिणपश्चिम चीनको चोङकिङ नगरपालिकामा, वुलोङ जिल्लामा रहेका कास्र्ट ल्याण्डफर्म र पुराना वनहरूले आगन्तुकहरूलाई आकर्षित गरिरहेका छन्।

उक्त स्थानमा प्रकृति प्रेमीहरूले ११ वटा पदमार्गहरू मध्ये एक वा बढी छनौट गर्न सक्छन्। सरकारी तथ्याङ्क अनुसार, देशभरि, बाहिरी खेलकुदबाट हाल लगभग १३ करोड ९० लाख अमेरिकी डलर राजस्व आउने अनुमान गरिएको छ।(सीसीटीभीप्लस)

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *