मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्यः अर्थमन्त्री पौडेल

डिसी नेपाल
१४ भदौ २०८२ १७:१२
20
Shares

लुम्बिनी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताएका छन्।

एमाले रुपन्देहीको आयोजनामा आज मर्चवारमा आयोजित बृहत् आमसभामा उले एमाले देशको नेतृत्व गर्नसक्ने पार्टी भएको उल्लेख गर्दै पार्टीमा जनता र नेताहरूको आकर्षण बढिरहेको उल्लेख गरेबलियो पार्टीबिना देशको विकास सम्भव छैन भन्ने कुरा बुझेर आज हजारौँ जनता, पूर्वअध्यक्षसहित एमालेमा प्रवेश गर्नुभएको छ, पौडेलले भने, यसबाट म निकै खुसी छु।

ले मर्चवारको विकास एमालेबाट सम्भव रहेको उल्लेख गर्दै आगामी दुई/चार वर्षभित्र मर्चवार क्षेत्रलाई बुटवल, भैरहवा र लुम्बिनी जस्तै सम्पन्न बनाउने प्रतिबद्धता जना। उले मर्चवारमा अस्पताल, क्याम्पस निर्माण तथा अन्य पूर्वाधार विकासका लागि बजेट व्यवस्था गर्ने प्रतिबद्धता जना

एमालेका केन्द्रीय पोलिटब्युरो सदस्य लीला गिरीले मर्चवार क्षेत्रको पूर्वाधार विकास तथा कृषिको आधुनिकीकरणमा पार्टीले उल्लेखनीय काम गरेर देखाउने प्रतिबद्धता जना

त्यस अवसरमा सम्मरीमाई गाउँपालिकाका पूर्वअध्यक्ष जितेन्द्रनाथ शुक्ला र मर्चवारी गाउँपालिकाका पूर्वअध्यक्ष केशवनन्दन बानियाँले उपप्रधानमन्त्री पौडेलसमक्ष मर्चवार क्षेत्रमा चार लेनको चक्रपथ निर्माण गर्न आग्रह गरे।

पूर्वअध्यक्ष शुक्लाले मलखाद, कृषि सामग्री र सिँचाइ सुविधा सहज रुपमा उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गरा। कार्यक्रममा नेताहरूले एमालेमात्र देश विकासको प्रमुख आधार हुनसक्ने निष्कर्ष प्रस्तुत गरेका थिए।

एमाले नेताहरू तुलसीप्रसाद चौधरी र सुनिता ठटेरले पनि तराईमधेसको समृद्धि एमालेकै नेतृत्व सम्भव रहेको बता। रुपन्देहीको दक्षिणी भेगमा फैलिएको मर्चवारलाई तराईको अन्नभण्डार मानिन्छ। उर्वर भूमि, प्रचुर कृषि सम्भावना र ऐतिहासिकसांस्कृतिक महत्व बोकेको यो क्षेत्र लामो समयसम्म भने पछाडि पारिएको थियो। डेढ लाख जनसङ्ख्या ओगट्ने मर्चवारमा अहिले पनि धेरै घरमा शौचालय छैनन्। शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइजस्ता आधारभूत पूर्वाधार न्यून भएकाले यहाँका जनताले कठिन जीवन गुजारिरहेका थिए।

पछिल्ला केही वर्षयता मर्चवारको मुहार फेरिन थालेको छ। पार्टी प्रवेशमा देखिएको उत्साहलाई उनीहरूले आफ्नो रणनीतिक आधार मानेका छन्। यसका लागि आधारभूत पूर्वाधार निर्माणका लागि ठूलो लगानी आवश्यक पर्छ।

कृषि आधुनिकीकरणका लागि पर्याप्त सिँचाइ, भण्डारण र बजार व्यवस्थापन गर्नुपर्नेछ। यी चुनौती पार गरेरमात्र एमालेले मर्चवारलाई समृद्ध बनाउने गरी दिएको आश्वासन पूरा गर्न सक्नेछ।

मर्चवारका जनताले लामो समयसम्मको उपेक्षापछि देखिएको यसप्रकारको पहललाई आशाको किरणका रूपमा लिएका छन्। एमाले नेतृत्वले प्रतिबद्धता पूरा गर्नसकेमा मर्चवार तराईमधेसको मात्र होइन, समग्र लुम्बिनी प्रदेशकै समृद्धिको नक्सामा चम्किनसक्ने सम्भावना बलियो छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.