‘टी ट्वान्टी’ शृङखलाः आसाममाथि नेपाल ‘ए’को लगातार दोस्रो जित

डिसी नेपाल
१४ भदौ २०८२ २२:४४
144
Shares

काठमाडौं। ‘टी ट्वान्टी’ शृङखलाअन्तर्गत नेपाल ‘ए’ले आसाममाथि लगातार दोस्रो जित हासिल गरेके छ। भारतको गुवाहाटीमा शनिबार भएको खेलमा नेपाल ‘ए’ले घरेलु टोली आसामलाई ९ रनले पराजित गरेको हो।

नेपाल ‘ए’ले दिएको एक सय ९७ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा एक सय ८७ रन बनाउँदा सबै विकेट गुमायो। आसामका लागि निहार देकाले सर्वाधिक ४० रन बनाए। नेपालका लागि कमल सिंह ऐरी, आकाश चन्द, विवेक यादव र बसिर अहमदले समान दुई दुई विकेट लिए।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९६ रन बनाएको थियो। नपालका लागि सन्दीप जोराले अर्धसतकीय पारी खेले। उनले ४८ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ७४ रन बनाए। यस्ते आदिल आलम अन्सारीले १६ बलमा ३५ रन तथा तीर्थराज दासले ३३ र कप्तान अनिल साहले ३१ रन बनाए।

बिहीबार भएको पहिलो खेलमा डकवर्थ लुइस पद्दति (डिएलएस) का आधारमा आसामसँग १५ रनले पराजित भएको नेपाल ‘ए’ले दोस्रो खेलमा आसामलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *