रुसी राष्ट्रपति पुटिन चार दिने भ्रमणका लागि चीन पुगे

डिसी नेपाल
१५ भदौ २०८२ १०:४३
160
Shares

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चार दिने चीन भ्रमणका लागि तियानजिन पुगेका छन्। उनी सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा पनि भाग लिनेछन्।

रुसको सरकारी समाचार एजेन्सी तासका अनुसार पुटिन चिनियाँ राष्ट्रपति सी जिनपिङको निमन्त्रणामा चीन आइपुगेका छन् र उनी तियानजिनपछि बेइजिङ जानेछन्।

राष्ट्रपति पुटिनलाई तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा ‘गार्ड अफ अनर’ प्रदान गरिएको तासले जनाएको छ।

भ्लादिमिर पुटिनले जापानसँगको युद्धको ८० औं वार्षिकोत्सव मनाउन चीनमा हुने ‘विजय दिवस’ परेडमा पनि भाग लिनेछन्।

शिखर सम्मेलनमा भाग लिन नेपाली प्रधानमन्त्री केपी शर्मा ओली, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री शाहबाज शरीफ पनि तियानजिन पुगेका छन्।

चीनको तियानजिनमा ३१ अगस्टदेखि १ सेप्टेम्बरसम्म आयोजना हुने सांघाई सहयोग संगठनको शिखर सम्मेलनका लागि धेरै देशका नेताहरू आइपुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *