अमेरिकाले प्यालेस्टिनी राष्ट्रपतिलाई संयुक्त राष्ट्रसंघको बैठकमा भाग लिन दिएन, भिसा रद्द गर्‍यो

डिसी नेपाल
१५ भदौ २०८२ १२:१८
260
Shares

काठमाडौं । प्यालेस्टिनी प्राधिकरणका राष्ट्रपति महमूद अब्बास अर्को महिना न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको बैठकमा भाग लिन सक्ने छैनन्।

अमेरिकी विदेश विभागले उनको र अन्य ८० प्यालेस्टिनी अधिकारीहरूको भिसा रद्द गरिएको पुष्टि गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले उनलाई शान्तिको प्रयासलाई कमजोर बनाएको र “युटोपियन प्यालेस्टिनी राज्यको एकतर्फी मान्यता” खोजेको आरोप लगाएका छन्।

इजरायलले अमेरिकाको यो निर्णयको स्वागत गरेको छ।

संयुक्त राष्ट्र संघको मुख्यालयमा आउने सबै देशका अधिकारीहरूको यात्रालाई अमेरिकाले सामान्यतया सहज बनाउने अपेक्षा गरिएको हुनाले यो कदमलाई असामान्य मानिएको छ।

संयुक्त राष्ट्र संघको सत्रमा प्यालेस्टाइनलाई स्वतन्त्र देशको रूपमा मान्यता दिलाउन फ्रान्सले अन्तर्राष्ट्रिय प्रयासहरूको नेतृत्व गरिरहेको बेला यो प्रतिबन्ध लगाइएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले फ्रान्सको यो कदमको विरोध गरिरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *