डोरियन आँधीबाट बहमासमा मृत्यु हुनेको संख्या ४३ पुग्यो

डिसी नेपाल
२१ भदौ २०७६ १४:१३

बहमास। संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दु पारेर आएको डोरियन नामको आँधीका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या शुक्रबार ४३ पुगेको छ।

उद्धारकर्ताहरुले जीवितै व्यक्ति उद्धार गर्ने आशा छा्डेका हुनाले मृतकको सङ्ख्या अझै बढ्ने सक्ने अनुमान गरिएको छ।

समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ। बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले गत सोमबार नै बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त”को संज्ञा दिएका थिए। द्वीपबाट उद्धार गरिएका हजारौँ व्यक्ति अमेरिकी पूर्वीतटीय इलाकामा आइपुगेका छन्।

आँधीको कारण २ सय ६० घरका बासिन्दाहरू नराम्ररी प्रभावित भएकाले अबोको टापुको राजधानी नासाउ आइपुगेका बताइएको छ। बहमासका स्वास्थ्य मन्त्री ड्वाने सनड्सले यस डोरियन आँधीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ३० बाट उकालो लागेर ४३ पुगेको पुष्टि गर्नु भएको छ।

यसअघि यस आँधीको प्रकोपबाट ३० व्यक्तिको मृत्यु भएको अमेरिका समाचार सञ्जाल सिएनएनले जनाएको थियो। यस आँधीबाट लाखौँ मानिस प्रभावित भएका छन्।एएफपी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *