आसामविरुद्धको टी-२० सिरिज नेपाल ‘ए’ले जित्यो

डिसी नेपाल
१६ भदौ २०८२ १९:२३
224
Shares

काठमाडौं। भारतको आसामविरुद्ध ५ खेलको टी–२० सिरिज नेपालले ‘ए’ टिमले जितेको छ। भारतको गुवाहाटीमा सोमबार भएको पाचौं तथा अन्तिम खेलमा आसामलाई ४४ रनले पराजित गर्दे नेपाल ‘ए’ले सिरिज जितेको हो। नेपाल ‘ए’ ले सिरिज ३-२ ले जितेको हो।

अन्तिम खेलमा नेपालले दिएको २०९ रनको लक्ष्य पछ्याएको आसामले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६४ रन मात्रै बनायो। आसामका लागि भार्गव लहकरले सर्वाधिक २९ रन बनाए। नेपालका पवन सर्राफ, शेर मल्ल र आकाश चन्दले समान दुई दुई विकेट लिए। बसिर अहमद र आदिल अन्सारीले एक एक विकेट लिए

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपाल ‘ए’ ले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०८ रन बनाएको थियो। नेपालका लागि सन्दीप जोराले सर्वाधिक ६४ रन बनाए। उनले ३९ बलमा ५ छक्का र २ चौका प्रहार गरे। आदिल अन्सारीले तीन छक्काको मद्दतमा ११ बलमा २५ रन जोडे । शुभ कंसाकारले ४१ तथा इशान पाण्डेले ३२ रन बनाए।

बिहीबार भएको पहिलो खेलमा डकवर्थ लुइस पद्दति (डिएलएस) का आधारमा आसामसँग १५ रनले पराजित भएको नेपाल ‘ए’ले दोस्रो खेलमा आसामलाई ९६ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। तेस्रो खेलमा ९ रनेका जित हासिल गरेका नेपाल ‘ए’ चौथो खेलमा भने १८ रनले पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.