महिला क्रिकेट विश्वकपको पुरस्कार ४ गुणा बढाइयो

डिसी नेपाल
१७ भदौ २०८२ १४:३७
76
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले महिला विश्वकप २०२५ को पुरस्कार राशिमा वृद्धिको घोषणा गरेको छ। यस पटक प्रतियोगिताको कुल पुरस्कार राशि गत पटकको भन्दा चार गुणा बढी हुनेछ।

आइसीसीका अध्यक्ष जय शाहले सोमबार सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन् , “महिला क्रिकेटलाई प्रवर्द्धन गर्न आइसीसी महिला क्रिकेट विश्वकप २०२५ को कुल पुरस्कार राशि बढाइएको छ। २०२५ को विश्वकपको कुल पुरस्कार राशि १३.३८ मिलियन डलर हुनेछ।”

उनले भने, “२०२५ को विश्वकपको लागि घोषणा गरिएको पुरस्कार रकम २०२२ को महिला विश्वकप र २०२३ को पुरुष विश्वकपको पुरस्कार रकमभन्दा बढी छ।”

आईसीसीको वेबसाइटका अनुसार २०२२ मा न्युजिल्याण्डमा आयोजना हुने महिला विश्वकपको कुल पुरस्कार राशि ३.५ मिलियन डलर थियो।

२०२५ को प्रतियोगितामा विजेता टोलीलाई ४.४८ मिलियन डलर र उपविजेता टोलीलाई २.२४ मिलियन डलर दिइनेछ।

महिला क्रिकेट विश्वकप २०२५ सेप्टेम्बर ३० मा सुरु हुनेछ। प्रतियोगितामा कुल ८ टोलीले भाग लिनेछन्। पहिलो खेल भारत र श्रीलंकाबीच आसामको गुवाहाटीमा खेलिनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.