गाजामा इजरायली आक्रमणमा १३ जनाको मृत्यु
गाजा सिटी। गाजाको नागरिक सुरक्षा एजेन्सीले मंगलबार राति इजरायली आक्रमणमा अपार्टमेन्ट र आवासीय भवनमा १३ जनाको मृत्यु भएको जनाएको छ।
प्रवक्ता महमुद बासलले भने, ‘इजरायली लडाकू विमानहरूले दक्षिणपश्चिम गाजा सहरको आवासीय भवनको माथिल्लो तलामा आक्रमण गर्दा १० जनाको ज्यान गएको छ।’
उनका अनुसार इजरायली हेलिकप्टरहरूले सहरको पश्चिममा रहेको अपार्टमेन्टमा पनि आक्रमण गरेको र त्यहाँ तीन जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्।
इजरायली सेनाले प्यालेस्टिनी क्षेत्रको सबैभन्दा ठूलो सहरी केन्द्र गाजा सहर कब्जा गर्ने तयारी गर्दै आक्रमण तीव्र बनाएको छ र निकासीको चेतावनी दिएको छ।
संयुक्त राष्ट्रसंघको अनुमानअनुसार गाजा सहर र वरपर करिब १० लाख मानिस बस्छन्, जहाँ अनिकाल घोषणा गरिएको छ।
एएफपीका तथ्यांकअनुसार हमासले सन् २०२३ अक्टोबरमा इजरायलमा गरेको आक्रमणमा अधिकांश सर्वसाधारण गरी एक हजार दुई सय १९ जनाको मृत्यु भएको थियो।
हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार इजरायली जवाफी आक्रमणमा अधिकांश सर्वसाधारण गरी कम्तीमा ६३ हजार पाँच सय ५७ प्यालेस्टिनीको ज्यान गएको छ।







डिसी नेपाल








Facebook Comment