जनकपुरधाममा पहिलो अन्तर्राष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने

डिसी नेपाल
२१ भदौ २०८२ ८:१९
28
Shares

जनकपुर। जनकपुरधाममा अन्तराष्ट्रिय इन्डस्ट्रियल एक्सपो २०२५ हुने भएको छ। उद्योग परिसंघ, प्रदेश नं. २, सिया इभेन्ट्स र ग्लोब टेक इन्डियाको संयुक्त आयोजनामा उक्त एक्सपो हुन लागेको हो।

शुक्रबार आयोजक संस्थाका पदाधिकारीहरुले जनकपुरधाममा पत्रकार सम्मेलनमार्फत कार्तिक २७ गत्ते देखि ३० गत्तेसम्म जनकपुरधामस्थित तिरहुतिया गाछीमा उक्त एक्सपो हुने जानकारी दिएको छ।

एक्सपोमा उद्योग कृषि र अटोमोबाइल क्षेत्रहरुलाई एउटै मंचमा ल्याएर नेटवर्किङ, सहकार्य र भविष्य निर्माण गर्ने नवीनतम प्रविधिहरुको प्रदर्शनसमेत गरिने उद्योग परिसंघका मधेश प्रदेश अध्यक्ष प्रमोद साहले बताए।

उनले एक्सपोमा व्यवसायिक मिलन (बीटुबी) का लागि वातावरण निर्माण गरिएको र यस्ले विभिन्न उद्यागी, व्यवसायीहरुलाई प्रत्यक्ष रुपमा एक आपससंग समन्यव गर्ने अवसर मिल्ने बताए। एक्सपोमा विभिन्न उद्योगका प्रमुख विशेषत्रहरुले कार्यशाला र प्यानल छलफल गर्ने जाकारी दिए।

एक्सपोमा नेपालसहित अन्यदेशका निर्माता, वितरक, सरकारी अधिकारी, लगानीकर्ता तथा विचारशी व्यक्तिहरुको उपस्थिती हुने अध्यक्ष साहले जानकारी दिए।

यस एक्सपोमा उद्योग तथा पर्यटन मन्त्रालय, मधेश प्रदेश, उद्योग विभाग, मधेश प्रदेश, जनकपुरधाम उप–महानगरपालिका र नेपाल फ्ेट फर्वाडर एशोसिएसनलगायतका संस्थाहरुले सहयोग एवम सहकार्य गर्ने भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.