सुर्खेतमा जेन-जी पुस्ता विभाजित
सुर्खेत। भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा सडकमा उत्रिएका जेन-जी पुस्ताका युवाहरु दुई समूहमा विभाजित भएका छन्।
सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरु आफैं दुई समूहमा विभाजित भएपछि आन्दोलन प्रभावकारी हुन् सकेन। सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वतःस्फूर्त जेन-जीहरू भेला भएका थिए।
दिउसो १२ बजे सुरु भएर बजारमा परिक्रमा गरेको थियो। प्रदर्शनकैक्रममा राजनितिक घुसपैठ भएको भन्दै सामाजिक सञ्जालमा आव्ह्रानकर्ता जेन-जीहरुले घण्टाघर चोकमा कोणसभा गरका थिए भने केही युवाहरुको समूहले कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पुगेर नाराबाजी गरेका थिए।
सयौँको संख्यामा रहेका प्रदर्शनकारीले वीरेन्द्रनगर बजार परिक्रमा गरेका थिए। आन्दोलनमा सहभागी रचना खड्काले देशलाई डुबाएर रमाइरहेको सरकारले नागरिकलाई दुःख दिएको बताइन्।उनले आफूहरू स्वतः स्फूर्त सडकमा आएर अहिलेको भ्रष्टाचारी सरकार र उसको क्रियाकलापबारे आवाज उठाएको बताइन्।
घण्टाघर चोकमा भएको कोणसभामा साबित्री भट्टराईले देशको समग्र वेथिति विरुद्ध युवापुस्ता सडकमा उत्रनु परेको भन्दै देशको भविष्यका लागि युवाहरुको खबरदारी जरुरी भएको बताइन्। सरकारले सामाजिक सञ्जाल बन्द गरेर मुलुकलाई ढुंगेयुगतिर धकेलेको उनको आरोप छ।
आन्दोलनमै सहभागी नवराज शाहीले युवा पुस्तामा अहिलेको सरकारप्रति बढिरहेको वितृष्णा नै आन्दोलनको पहिलो रुप भएको बताए।







डिसी नेपाल







Facebook Comment