ललितपुरका केही स्थानमा सभा, जुलस, धर्ना गर्न निषेध

डिसी नेपाल
२३ भदौ २०८२ १९:३५
44
Shares

काठमाडौं। ललितपुर जिल्ला प्रशासन कार्यालयले आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी केही स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको छ।

जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै विभिन्न समूह र पक्षहरूबाट आआफ्ना माग राखी उपत्यका क्षेत्रमा प्रदर्शन भएको र सो क्रममा हिंसात्मक गतिविधिलगायत हुलदङ्गा वा अशान्ति हुनसक्ने र सार्वजनिक शान्ति सुरक्षामा असर पर्न सक्ने भएको उल्लेख गर्दै विभिन्न स्थानमा सभा, जुलुस, धर्ना गर्न निषेध गरेको हो।

कार्यालयले पुलचोकस्थित युएन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्र (पूर्वतर्फ इरानमोड जाने मूलबाटो, पश्चिम राष्ट्रिय किताबखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय र दक्षिणतर्फ राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय सहकारी विकास बोर्डको चौहद्धीभित्र), भैँसेपाटीस्थित नयाँ मन्त्री निवास क्षेत्र (पूर्वमा भैँसेपार्टीबाट बुङमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ, उत्तरतर्फ भैँसेपाटी आवास गेट र दक्षिणतर्फ इटनी जाने ओरालो सीमा कायम गरी सोभित्र) र सानेपास्थित नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यालय क्षेत्र (पूर्वमा सानेपा चोकबाट इन्द्रायणी मन्दिर पक्की सडक)को क्षेत्रमा अर्को आदेश नभएसम्मका लागि उल्लेखित कार्य गर्न निषेध गरेको हो ।

‘आज साँझ ६ः०० बजेदेखि लागू हुनेगरी अर्को सूचना नभएसम्मका लागि सर्वसाधारण र सवारीसाधन आवतजावतबाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यहरू गर्न निषेध गरिएको छ, यो आदेश उल्लंघन गर्नेलाई प्रचलित कानुनबमोजिम कारबाही हुनेछ’, जारी सूचनामा भनिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *