हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने

डिसी नेपाल
१ असोज २०८२ १०:२५
28
Shares

हेटौंडा। हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ।

नगरको अनुगमनका क्रममा उपमहानगर प्रमुख मीना कुमारी लामाले सेवाप्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यका साथ सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।

प्रमुख लामाले खरानीबाट उठेर कामलाई व्यवस्थित गर्दै संरचनागत विकासमा लाग्नु अहिलेको आवश्यकता रहेको धारणा राखिन् । नगरको समग्र सेवाप्रवाहलाई आधुनिक र पारदर्शी बनाउन सबै पक्षसँग सहकार्य गर्न आग्रह समेत गरिन् ।

उनले नगरवासीलाई समयमै सेवा उपलब्ध गराउने र नगरको विकासलाई दिगो तथा योजनाबद्ध बनाउनेतर्फ प्राथमिकता दिने स्पष्ट पारिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.