धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते

डिसी नेपाल
१ असोज २०८२ १२:०५
36
Shares

काठमाडौं । धादिङको थाक्रेमा बस र टिपर ठोक्किँदा पाँच जना घाइते भएका छन्।

भैरहवाबाट काठमाडौं आउँदै गरेको प्रदेश०१००१ ख ०३३५ नम्बरको बस र विपरीत दिशा काठमाडौंबाट नुवाकोटतर्फ जाँदै गरेको बा प्र ००६ ख ४२६० नम्बरको टिपर आज बुधबार बिहान साढे ८ बजे थाक्रे गाउँपालिका२ बाह्रकिल्लामा आपसमा ठोक्किएका थिए।

दुर्घटनामा घाइते हुनेहरूमा बस चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका१२ बेलबासका २७ वर्षीय सन्देश अधिकारी, गुल्मीको दरबार गाउँपालिका२ का ४० वर्षीय कमल सारू मगर, कपिलवस्तुको शिवराज नगरपालिका७ का २४ वर्षीय पंकज पाण्डे, रुपन्देहीकै कन्चन गाउँपालिका४ की ६० वर्षीया आइतबहारी थारु र नवलपरासीको देवचुली५ बस्ने ३२ वर्षीया पुनम थसु छन्।

नुवाकोटको बेलकोटगढी नगरपालिका१२ का २८ वर्षीय टिपर चालक प्रवीण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.