कोटेश्वरको भाटभटेनीमा भेटियो जलेको शव
काठमाडौं । कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा एक व्यक्तिको जलेको अवस्थामा शव फेला परेको छ। यससँगै जनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७४ पुगेको छ।
बुधबार बिहान भाटभटेनीको चौथो तलामा शव भेटिएको हो। मृतक रामेछापको खाडादेवी गाउँपालिका–६ घर भई हाल ललितपुर च्यासल बस्ने अन्दाजी २२ वर्षीय विकास रसाइली रहेको खुलेको छ।
प्रहरीका अनुसार, अस्थिपन्जर मात्र बाँकी रहेको अवस्थामा शव फेला परेको छ । शव पोष्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment