मकवानपुरमा प्रहरी नेतृत्वमा फेरबदल, एसपी खड्का र डिएसपी अर्यालको सरुवा

डिसी नेपाल
२ असोज २०८२ ७:४५
780
Shares

हेटौँडा। मकवानपुर जिल्ला प्रहरी कार्यालयमा नेतृत्वस्तरमै ठूलो फेरबदल भएको छ। प्रहरी प्रधान कार्यालयले मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) विश्वराज खड्का सहित देशभरका ४८ जना एसपीहरूको एकैपटक सरुवा गरेको हो।

भदौ ३१ गतेको मितिमा जारी गरिएको सूचनाअनुसार गत वर्ष असोजमा मकवानपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका खड्काको स्थानमा प्रहरी उपरीक्षक सुवास चन्द्र बोहरा आउने भएका छन्।

त्यस्तै, मकवानपुरका प्रहरी नायव उपरीक्षक (डिएसपी) श्यामु अर्यालको समेत सरुवा गरिएको छ। उनको स्थानमा पुष्कर बोगटी नियुक्त हुने भएका छन्।

स्थानीय सुरक्षा व्यवस्थामा निरन्तरता र सुधार ल्याउने उद्देश्यसहित गरिएको यो सरुवाले मकवानपुरको सुरक्षा संयन्त्रमा नयाँ नेतृत्व र कार्यशैली आउने अपेक्षा गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *