वेस्ट इन्डिजविरुद्धको टी-२० सिरिज खेल्न युएई जाने राष्ट्रिय टोलीको विदाई
काठमाडौं। वेस्ट इन्डिजविरुद्ध हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न युएई जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरिएको छ।
बिहीबार टियु मैदान किर्तिपुरमा क्यानले आयोजना गरेको कार्यक्रमा राखेप सदस्य सचिव टंकलाल घिसिङ र क्यान पदाधिकारीले नेपाली राष्ट्रिय क्रिकेट टोलीको विदाई गरेका हुन्। नेपालले युएईमा वेस्ट इन्डिजविरुद्ध तीन खेलको टी-२० सिरिज खेल्दैछ। जसमा नेपालले आगामी असोज ११, १३ र १४ गते खेल्नेछ।
यूएईमा नेपालले वेस्ट इन्डिजसँग ऐतिहासिक टी-२०आई सिरिज खेलेर विश्वकप छनोटमा सहभागी हुनेछ। छनोट चरण पार गर्दै तेस्रोपटक विश्वकप खेल्ने नेपालको लक्ष्य रहेको छ।
विदाइ कार्यक्रममा नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले वेस्ट इन्डिजसँगको सिरिज नेपालका लागि निकै महत्वपूर्ण रहेको भन्दै टिमले राम्रो तयारी गरेको र खेलाडी तयार रहेको बताए। उनले विश्वकप छनोटका लागि पनि त्यसअघिको खेलमा विशेष ध्यान दिएको उल्लेख गरे।
विदाई कार्यक्रम अघि टियु मैदान किर्तिपुरमा जेनजी आन्दोलनको समयमा ज्यान गुमाएका सहिदहरूको सम्झनामा नेपाली क्रिकेट टोलीले मैनबत्ती बालेर श्रद्धाञ्जली अर्पण गरेका थिए। आन्दोलनका क्रममा क्रिकेट खेलाडी सुलभराज श्रेष्ठको पनि मृत्यु भएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment