नेपाल बंगलादेशसँग पराजित
काठमाडौं। दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु–१७ च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग पराजित भएको हो।
श्रीलंकाको कोलोम्बोमा आज सम्पन्न खेलमा बंगलादेशसँग नेपाल ४–० गोलअन्तरले पराजित भएको हो। बंगलादेशको जितमा सबिर इस्लाम, ओपु रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले समान एकरएक गोल गरे।
जितसँगै तीन अंक जोडेको बंगलादेश समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। त्यस्तै पराजित नेपाल दुई खेलबाट तीन अंकका साथ दोस्रो स्थानमा छ। पहिलो खेलमा नेपालले श्रीलंकालाई २–० ले पराजित गरेको थियो।
प्रतियोगितामा विभिन्न सात राष्ट्रको सहभागिता छ। जसमा नेपाल, श्रीलंका र बंगलादेश समूह ‘ए’ मा छन् भने भारत, पाकिस्तान, माल्दिभ्स र भुटान समूह ‘बी’ मा छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment