पहिरोका कारण नारायणगढ-मुग्लिन सडक रातभर नखुल्ने

डिसी नेपाल
३ असोज २०८२ २२:०६
124
Shares

चितवन। नारायणगढ-मुग्लिन सडकखण्ड रातभर नखुल्ने भएको छ। इच्छाकामना गाउँपालिका-६ तुइन खोलामा आज साँझ गएको पहिरोले सडक दुईतर्फी रूपमा अवरुद्ध भएको हो।

माथिबाट पहिरो आउने जोखिम कायमै रहेको र भीर नै सडकमा खसेकाले तत्काल पन्छाउन नसकिने प्रहरीले जनाएको छ।

रातिमा पहिरो पन्छाउने काम गर्दा माथिबाट ढुङ्गा सहितको पहिरो खस्ने जोखिम भएकाले रातभर काम नहुने भएको छ। शनिबार बिहान ४ बजेपछि मात्रै पहिरो पन्छाउने काम हुने प्रहरीले जनाएको छ।

पहिरोका कारण सवारी साधनको जाम लागेको छ भने प्रहरीले माइकिङ गर्दै सवारी साधनलाई सुरक्षित स्थानमा रोकिन आग्रह गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.