खसी किन्ने विषयमा झडप हुँदा एक जनाको मृत्यु

डिसी नेपाल
४ असोज २०८२ १०:४०
3.1k
Shares

काठमाडौं । बाँकेमा खसी किन्ने विषयमा विवाद हुँदा दुई समूहबीच भएको कुटाकुटमा परी एक जनाको ज्यान गएको छ।

नेपालगन्ज उपमहानगरपालिका-५ का ५२ वर्षीय जाबिद अली बेहनाको घटनामा परी ज्यान गएको हो।

शुक्रबार बिहान उनले किन्न ठिक्क पारेको एउटा खसी अर्कैले उठाएपछि दुई समूहबीच झडप भएको थियो। त्यसपछि विवाद हुँदा उनीहरूबीच ढुंगा हानाहान भएको थियो।

ढुंगा लागेर घाइते भएका जाबिदको दिउँसो साढे २ बजेतिर उपचार क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी दीपक पातलीले बताएका छन्। हत्या घटनामा संलग्न रहेका मध्य चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइएको उनले बताएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.