बससँग मोटरसाइकल ठोक्किँयो, एक जनाको मृत्यु
धनगढी । कैलालीमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ।
घोडघोडी नगरपालिका–४ सिमथरीस्थित पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ६ ख ८४५४ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको सुदूरपश्चिम प्रदेश ०१–००९ प २७०७ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपापालिका–४ भलकुडा बस्ने ३१ वर्षीय दर्शन सिंह भाटको मृत्यु भएको हो।
दुर्घटनामा गम्भीर घाइते भएका भाटलाई उपचारको लागि घोडाघोडी अस्पताल सुखड लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए। बस र बस चालक जिल्ला कञ्चनपुरको भीमदत्त नगरपालिका–४ बस्ने ३४ वर्षीय अम्मर सिंह बुढाऐरलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment