दसैँ टीकाको साइत कुन देशमा कहिले र कति गते ?

डिसी नेपाल
४ असोज २०८२ १८:०१
248
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि आगामी विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ।

समितिका सभापति प्राडा माधव भट्टराईको अध्यक्षतामा बसेको बैठकले सो निर्णय गरेको हो। समितिले टीका साइतका विषयमा विश्वभरबाट आएको जिज्ञासालाई ध्यानमा राख्दै यो साइत सार्वजनिक गरेको हो।

शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ।

नेपालमा टीका लगाउने उत्तम साइतः

काठमाडौंका लागि विजयादशमी टीकाको उत्तम साइत असोज १६ गते ( बिहान ११ः५३ बजे निर्धारण गरिएको छ।

अन्य प्रमुख देशहरूमा टीकाको समय यस प्रकार छः

  • भारत (दिल्ली): ११ः४९ अक्टोबर २
  • अमेरिका (न्यूयोर्क): ११ः०५ अक्टोबर १
  • अमेरिका (क्यालिफोर्निया): ११ः२५ अक्टोबर १
  • क्यानाडा (टोरन्टो): ११ः५५ अक्टोबर १
  • अष्ट्रेलिया (सिड्नी): ११ः३१ अक्टोबर २
  • अष्ट्रेलिया (मेलबर्न): ११ः५३ अक्टोबर २
  • जापान (टोकियो): ११ः३१ अक्टोबर २
  • दक्षिण कोरिया (सियोल): १०ः५७ अक्टोबर २
  • युएई (अबुधावी): १०ः५५ अक्टोबर २
  • कतार (दोहा): १०ः१३ अक्टोबर २
  • मलेसिया (क्वालालम्पुर): ११ः११ अक्टोबर २
  • सिंगापुरः ११ः०९ अक्टोबर २
  • लन्डन (बेलायत): ०९ः१७ अक्टोबर २
  • पेरिस (फ्रान्स): ०९ः५७ अक्टोबर २
  • ओस्लो (नर्वे): १०ः०३ अक्टोबर २
  • लिस्बन (पोर्चुगल): ०९ः२३ अक्टोबर २
  • टेल अविभ (इजरायल): ११ः३५ अक्टोबर २
  • जिनेभा (स्विट्जरल्याण्ड): १०ः२५ अक्टोबर २
  • हङकङः ११ः४५ अक्टोबर २
  • साउदी अरेबियाः १०ः५५ अक्टोबर २
  • याङ्गुन (म्यानमार): १०ः२७ अक्टोबर २
  • माल्टाः १०ः५५ अक्टोबर २




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.