शासकीय सुधार र बेथिति रोक्ने कृषिमन्त्रीको प्रतिबद्धता
काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री डा.मदनप्रसाद परियारले पदभार ग्रहण गरेका छन्। सोमबार सिंहदरबारस्थित मन्त्रालयमा उनले पदभार ग्रहण गरेका हुन्।
पदभार ग्रहणपछि उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै पदभार निर्वाचनलाई प्राथमिकतामा राखेर काम गर्ने बताउँदै शासकीय सुधार र बेथिति रोक्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।
उनले भने, ‘चुनाव सबैभन्दा पहिला प्राथमिकतामा राखेर काम गरिने छ। जसरी पनि हामी यो पूरा गर्ने तर्फ लाग्नु पर्छ । अर्को कुरा शासकीय सुधार गर्न सकिन्छ कि र बेथिति रोक्न भन्ने जुन ‘म्यान्डेट’ छन् त्यो पूरा गर्न मेरो प्राथमिकता हुने छ।’
साथै, उनले नेपाल र कोरियाबीच आलु र धान बालीमा अनुसन्धान गर्न यसअघि भएको सम्झौतालाई कार्यान्वयन गर्न समन्वय समिति गठन गर्ने प्रस्ताव सदर समेत गरेका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment