कविता : खबरदार लिटिल ब्वाई र फ्याट म्यान
अब धर्तीमा नझरुन् लिटिल ब्वाई र फ्याट म्यान
भविष्यमा हिराेहिताेले लाशमाथि लडेर आफनै ग़ल्तीमा तड्पिन नपरोस्
ट्रूम्यानको छातीमा दिनँहु विस्फोट नहुन आफ्नै लिटिल ब्वाई र फ्याट म्यान
र ढल्न नपरोस् हिरोहिताेसँगै लाशको खातमा ट्रूम्यानलाई
चर्चिल, मुसोलिनी र स्टालिनलाई जस्तो पश्चाताप अरू कसैलाई नहोस्
हिटलरले झैं गर्न नपरोस् बर्षौं बितिसक्तापनि बारबार आफ़्नै आत्माको हत्या
अब कुरुक्षेत्रमा युद्ध नहोस्
कुनै अर्जुनले आफ्नै हात, आफ्नैका रगतले भिजाउन नपरोस्
कुनै कृष्णले बाध्यताबस् युद्धको बिगुल फुक्न नपरोस्
र कुनै गान्धारीले आफ्नै जवान छोराको नाङ्गो शरीर हेर्न नपरोस्
कोतपर्व र भण्डारखाल पर्वका नाममा कुनै पर्व नभित्रिउन्
भाइले भाउजूको सिन्दूर नखोसी दिओस्
दाजुले बुहारीको टिको नपुछिदिओस्
बस्
यी हरफका इतिहासहरू हाम्रा सन्ततिले नपढुन्
पढुन् त केवल परीणाम…
तड़पिएको आत्मा, चिरिएको मुटु, उदास ऑखा, एक्लोपन…
र सिकुन शान्ति सदभाव र प्रेमका फूल फुलाउन
No ads found for this position


Facebook Comment