काठमाडौंमा गुड्न थाल्यो विद्युतीय बस (फोटोफिचर)

डिसी नेपाल
२३ भदौ २०७६ १५:१५

काठमाडौं। सुन्दर यातायात प्रालिले आजदेखि काठमाडौं उपत्यकामा विद्युतीय बस संचालनमा ल्याएको छ। राजधानीको भृकुटीमण्डपमा एक कार्यक्रममा रक्षामन्त्री इश्वर पोखरेलले सो बसको उद्घाटन गरेका हुन्।

प्रालिले आजबाट २ वटा विद्युतीय बस संचालनमा ल्याएको हो। यसअघि ४ वटा बस आजैबाट संचालनमा ल्याइने भनिएपनि थप दुई वटा भने केही दिनपछि संचालनमा ल्याउने जनाइएको छ। ती बसहरु रिङ्रोडमा गुड्नेछन्। जसमा करिब ३० देखि ३५ वटा सिटहरु रहेका छन्।

उभिएर यात्रा गर्नका लागि पनि समाउने व्यवस्था रहेको छ। संचालनमा आएका एउटै बसको मूल्य १ करोड ६२ लाख रुपैयाँ रहेको प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए। प्रालिले बसमा यात्रा गर्दा यात्रुहरुका लागि भाडा तिर्न स्मार्ट कार्डको समेत व्यवस्था गरेको छ।

स्मार्ट कार्ड लिएर यात्रा गर्दा २० प्रतिशत छुट दिइने अध्यक्ष थापाले जानकारी गराए। यसअघि प्रालिले बस चार्ज गर्नका लागि चावहिलको भत्किएको पुल नजिकै चार्जिङ स्टेसन समेत खोलिसकेको छ। चावहिलस्थित भत्किएको पुल नजिकै राखिएको उक्त ग्यारेज तथा चार्जिङ स्टेसनको ऊर्जा तथा सिंचाई मन्त्रालयका सचिव दिनेश कुमार घिमिरेले उद्घाटन गरेका हुन्।

३० किलो वाडको क्षमता भएको उक्त चार्जिङ मेसिनले एक पटकमा एउटा बसमा चार्ज गर्न मिल्ने प्रालिका अध्यक्ष भेष थापाले जानकारी दिए।

प्रालिले अब छिट्टै ६०, १२० र ४०० किलो वाट क्षमता भएको सुपर चार्जिङ मेसिन पनि ल्याउने तयारीमा रहेको थापाले बताएका छन्। पछि आउने चार्जिङ मेसिनबाट भने एकैपटक ४ वटा गाडी सम्ममा चार्ज गर्न मिल्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *