आगजनी र तोडफोडका घटनाको अनुसन्धानमा सघाउन प्रहरीको अनुरोध

डिसी नेपाल
८ असोज २०८२ १८:३३
56
Shares

गण्डकी। जिल्ला प्रहरी कार्यालय, कास्कीले गत भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलनमा क्रममा भएका आगजनी, तोडफोड र लुटपाटका घटनाको अनुसन्धानमा सहयोग गर्न सर्वसाधारणमा अनुरोध गरेको छ।

उक्त विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सिसि टिभीका फुटेज, भिडियो, फोटो, भ्वाइस रेकर्डलगायत प्रमाणजन्य सामग्री उपलब्ध गराई घटनाको अनुसन्धानमा सघाउन प्रहरीले अनुरोध गरेको हो।

साथै सुरक्षा निकायका हातहतियारसहित अन्य लुटपाट गरिएका सामग्री लुकाइछिपाइ राखिएको जानकारी भएमा प्रहरीलाई खबर गर्न भनिएको छ। जिल्ला प्रहरी कार्यायलले सार्वजनिक सूचनामार्फत विध्वंसात्मक गतिविधिसँग सम्बन्धित सूचना र प्रमाणजन्य सामग्री उपलब्ध गराउने व्यक्ति वा संस्थाको पूर्ण गोपनियता कायम गरिने जनाएको छ।

प्रदर्शनकारीले कास्कीका सुरक्षा निकाय, सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठानलगायत व्यक्तिगत घरमा आगजानी, तोडफोड र लुटपाट गरेका थिए। पोखरामा रहेका तीनै तहका सरकारका अधिकांश कार्यालय भवन आगजनी र तोडफोडका कारण क्षतिग्रस्त भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.