कथा

आमा यो दशैंमा आउन पाउँदिन

सुशील लामा
१० असोज २०८२ १२:५२
32
Shares

भोलि घटस्थापना। आजको दिनसमेत गन्दा आठ दिनपछि फुलपाती। आमा शरदऋतु सँगै आमन्त्रित ठूला-ठूला चाडपर्व बगैँचाभरी सयपत्री र मखमली बनेर फुलि सक्यो होला!

सेतो कमेरो माटोले रंगेको घरको भित्ताहरु। लिंगे पिङ्गको लागि सजिएको चौतारीको बर-पिपल सपना भरी आइदिन्छ। मलाई थाहा छ। तिम्रो बुढ्यौंलीले गलेको बूढो आँखा म फर्किने गोरेटोमा बिछ्याइएको कुरा।

पोहोर साल राखेको भाकालाई सकिन पूरा गर्न यसपालि पनि। पोहोर सालको आगुम साल यो पाल म आउँछ भनेर तिमी खुशीले गदगद् भएको क्षण हिजो जस्तो लाग्छ।

आमा समयले एक सालको दूरी बनाइ सकेछ। फेरि एक पटक भाका राख्दैछु। आगुम सालको दशैंमा चाहिँ पक्का आउनेछु।

आमै जाती नै छु। बिज्ञानको देनले दिनदिनै जस्तो भएको छ कुराकानी तिम्रो र मेरो। भौतिक रुपमा टाढा भएपनि म जिँउदैछ भन्ने कुराको पक्का प्रमाण धड्की रहेको मुटुको ढुकढुकीमा तिमी हाँसिरहेको छौं।

अरु भनेको त्यस्तै छ जस्तो थियो पहिला। धैर्यताको पहाड बनी लगनको खोलामा बग्दैछु। सुदूर अनिश्चित भविष्यकाे खातिर। आमा तिम्रो आशीर्वादले तिम्रो छोरो जातीनै छु भनेर खबर लेख्दा-लेख्दै म जस्तै छोराछोरीको दु:खद् खबरले मन दुखेको छ।

-अस्ति भर्खर। भर्खरकी जिन्दगीको आरम्भ मात्रै गर्दै गरेकी एउटी नेपाली छोरीको अज्ञात मृत्युले दु:खी बनाएको छ। घरकै छेउमा मान्छे आहाल बस्ने दहमा डुबेर बितेको भन्छन्। मृत्यु हुनु भन्दा पनि मृत्युको कारणसम्म राम्रोसँग थाहा पाउन नपाउँदा मन दुखेर आउँछ। उनको लास अलपत्र परेर सुतिरहेको छन्। बिरानोको अपरिचित अस्पतालको मुर्दाघरमा।

अझ आमा एक हुल छोराछोरीहरु युरोपेली सप्पन्न मुलुकमा पुगेर पिआर लिएर सुन्दर जिन्दगी बताउन गएको रे। उता स्लोभागीय र हंगेरी कि सिमानामा पर्ने जंगल को बाटोमै बिचल्ली परेको खबर मन अमिलो भएको छ!

कस-कसका छोराछोरी होलान्! दशैंको मुखमा भैपरी आएको दशाले झ्यापै छोपेछन् । लु आमा अहिलेलाई यत्तिनै बाँकी म अलि बुडो भएपछि लेखम्लाँ…




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.