दशैं भन्नेवित्तिकै दक्षिणा र नयाँ लुगाको याद आउँछ : वेनिशा पौडेल

डिसी नेपाल
१२ असोज २०८२ ७:३३
20
Shares

काठमाडौं। नेपालीको महान् चाड दशैँको चहलपहल सुरु भइसकेको छ। दशैँमा किनमेल गर्नेदेखि घर जानेहरूको क्रम बढिरहेको छ। घर जानका लागि टिकटको व्यवस्था मिलाउन पनि सबै जना लागिपरेको देखिन्छ। एक वर्षमा आउने चाड दशैँ सबैको लागि महत्वपूर्ण हुन्छ त्यो बेला सबै परिवार एकै ठाँउ बसेर रमाइलो गर्ने अवसर पनि जुट्छ।

यसैगरि कलाकार र संगीतकारहरु पनि कोही दशैँमा घर जाने योजनामा छन् भने कोही काठमाडौं नै बसेर दशैँ मनाउने सोचमा छन्। यसै सन्दर्भमा नेपाल न्यूज बैंकसँगको कुराकानीमा गायिका बेनिशा पौडेलले भने गाउँतिर गएर साधारण तरिकाले परिवारसँग बसेर दशैँ मनाउने योजना रहेको सुनाइन्।

उनले भनिन्, ‘दशैँ अरू बेलाको जस्तै परिवारसँग बसेर नै मनाउने हो। दशैँ भनेको नेपालीहरूको महान चाड हो। परिवारसँग बसेर र रमाइलो गरेर, सिम्पल तरिकाले नै मनाउने सोच छ। गाउँतिर गइन्छ होला। चाडपर्वको समयमा गाउँघर नै रमाइलो नै हुन्छ। गीत गाउँदै सबैजना सँगै भएर रमाइलो गर्छौ। अविस्मरणीय भनेर छैन, तर जे होस्, रमाइलो हुन्छ।’

साथै, उनका अनुसार पहिला सानोमा मनाउने दशैँ र अहिलेको दशैँमा धेरै नै फरक रहेको सुनाउछिन्। सानो हुँदा दशैँ भनेपछि नयाँ लुगा, मिठा खानेकुरा र पैसा(दक्षिणा) कति आउँछ होला भन्ने कौतुहलता हुन्थ्यो अहिले ठूलो भइसकेपछि दशैँको परिभाषा नै छुट्टै भएको हो कि जस्तो लाग्ने गरेको बताउँछिन्।

‘वाल्यकालको दशैं र अहिले धेरै फरक लाग्छ। दशैं भन्ने वित्तिकै पैसा(दक्षिणा)कति आउला भनेर आश लाग्ने, कसले कति देला भएर अपेक्षा गर्ने गर्दथ्यौं। नयाँ लुगाको खुब शौख हुन्थ्यो। अहिले चाहीं त्यस्तो खासै नहुँदो रहेछ। एज जति जति बढ्दै गयो, त्यति त्यति खास नलाग्दो रहेछ।’

वाल्यकाल र अहिलेको दशैंमा धेरै फरक लाग्छ। दशैं भन्ने वित्तिकै पैसा(दक्षिणा)कति आउला भनेर आश लाग्ने, कसले कति देलान भन्ने अपेक्षा हुन्थ्यो। नयाँ लुगाको खुब सौख हुन्थ्यो। अहिले चाहीं त्यस्तो खासै नहुँदो रहेछ।

२०१८ मा ‘आँखैमा लाउने गाजल सकियो’ भन्ने बोलको गीतबाट सांगीतिक यात्रा सुरु गरेकी पौडेललाई सानैदेखि नै गीत संगीतमा रुचि थियो। उनले स्कूल पढ्दा गीत गाउने गरेकाले पछि परिवारले संगीत कक्षामा भर्ना गरिदिएको सुनाउँछिन्। पहिलो गीतले राम्रो चर्चा पाएपछि अन्य गीत रेकर्ड गर्ने सिलसिलामा उनी नेपाल आइडलको मन्चमा पनि उक्लिएकी थिइन्।

उनले सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्ने भन्दै आफूलाई सबै प्रकारको गीत सुन्न र गाउन मनपर्ने बताइन्।

उनले भनिन्, ‘मलाई के लाग्छ भने, एज अ सिङ्गर भइसकेपछि सबै खालको गीत गाउन सक्नुपर्छ। भर्सटाइल पनि बन्नुपर्छ जस्तो लाग्छ। एउटै जोनमा बस्नु भन्दा पनि आफ्नो कम्फर्ट जोनबाट निस्केर सबै खालका गीत गाउने कोशिस गर्नुपर्छजस्तो लाग्छ। किनकी सबै खालको गीतहरू सुनिराखेको पनि हुन्छु। सबै राम्रो लाग्छ।’

उनले हरेक कुराको नकारात्मक र सकारात्मक दुवै पक्ष हुने भन्दै म्युजिकमा आइसकेपछि गाएर भविष्य सुरक्षित गर्नुपर्ने बताउँछिन्। मेहेनत गर्न सक्यो भने धेरै प्रकारका अवसरहरु प्राप्त गर्न सकिनेमा उनी आशावादी छिन्।

उनले भनिन्, ‘म्युजिकमा प्रवेश गरिसकेपछि गीत गाएर मात्र जिउन नसकिएला तर यसभित्र अनेक क्षेत्रहरुमा लागेर जीवन चलाउन सकिन्छ। गिटार सिकेर सिकाउन सकिन्छ। संगीत टिचर बन्न पनि सकिन्छ। एरेन्ज सिकेर अरुलाई सिकाउन सकिन्छ।’

‘यस्तो माया, आँखैमा, पर्दैन पर्दैन मलाई फकाउन, मुरली तिरिरी, सम्बन्ध, बस पर्खेर’ लगायतका हिट गीत गाएकी बेनिशा झापा दमक निवासी हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *