करिव २ सय ७५ किलोग्राम गाँजासहित एक जना पक्राउ

डिसी नेपाल
१३ असोज २०८२ १८:२९
24
Shares

सुनसरी । धरान उपमहानगरपालिका४ बुद्ध बिहारबाट अवैध लागूऔषध गाँजा करिब २ सय ७५ किलोग्रामसहित धनकुटा साँगुरीगढी गाउँपालिका८ बस्ने १९ वर्षीय बिबसन राईलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।

भेडेटारबाट धरानतर्फ गाँजा ल्याउँदै गरेको भन्ने सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर र इलाका प्रहरी कार्यालय धरानसमेतबाट खटिएको प्रहरीले गाँजा ल्याउँदै गरेका व्यक्तिहरूलाई नियन्त्रणमा लिन खोज्दा बोरा फाली भागे पश्चात उनीहरू मध्ये बिबसनलाई पक्राउ गरेको हो।

प्रहरीले हाल फरार अन्य व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *