वसन्तपुरको दशैंघरमा भित्र्याइयो फूलपाती (तस्बिरसहित)
काठमाडौं। काठमाडौँको बसन्तपुरस्थित दशैंघरमा फूलपाती भित्राइएको छ।
गोरखा दरबारबाट पठाइएको फूलपाती आज अपराह्न बाजागाजासहित भित्राइएको हो।
गोरखा दरबारका पुरोहितले हनुमानढोकाका पुजारीलाई फूलपातीको डोली हस्तान्तरण गरेपछि हनुमान ढोकामा फूलपाती हर्ष बढाइँका साथ भित्राउने चलन छ।
प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधिअनुसार शुभसाइतको प्रतीक फूलपाती भित्र्याएर मनाइएको हो।
घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दसैँघर अथवा पूजाकोठामा शुभसाइतको प्रतीकका रूपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ।














































प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment